आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
संसद बैठक

झण्डै एक महिनादेखि अवरुद्ध प्रतिनिधिसभा बैठक खुल्यो

बुधबार, ०६ भदौ २०८०, २२ : ३३
बुधबार, ०६ भदौ २०८०

काठमाडौँ । झण्डै एक महिनादेखि अवरुद्ध प्रतिनिधिसभा बैठक बुधवारदेखि खुलेको छ ।  सुन तस्करी छानबिनका लागि उच्चस्तरीय जाँचबुझ आयोग बनाउन राष्ट्रिय मान्यता प्राप्त ७ दलबीच औपचारिक सहमति भएसँगै प्रतिनिधिसभा बैठक खुलेको हो । 

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले पछिल्लो सुन तस्करी छानबिनका लागि उच्चस्तरीय आयोग नबनेसम्म संसद बैठक चल्न नदिने अडान लिएपछि संघीय संसदको  दुवै सदनको बैठक गत साउन १० गतेदेखि अवरुद्ध हुँदै आएको थियो । 

संसदको बुधबारको बैठककाे सुरुमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खडकाले सम्बोधन गरेका छन् । उनले दलहरुबीच भएको सहमति सदनलाई जानकारी गराएका थिए ।  बैठकमा अन्य दलका सांसदहरुले पनि बोलेका थिए ।  तस्बिर : कृष्ण खड्का/रातोपाटी

parliament-meeting (1)parliament-meeting (2)parliament-meeting (3)parliament-meeting (4)parliament-meeting (5)parliament-meeting (6)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप