आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

रवि लामिछानेको प्रश्न : यतिका दिनसम्म संसद किन बन्द भयो ?

बुधबार, ०६ भदौ २०८०, १६ : ४६
बुधबार, ०६ भदौ २०८०

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानले साउन १० गते देखि भएको संसद अवरोधबारे प्रश्न उठाएका छन् । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले भने, ‘ यतिका दिनसम्म संसद किन बन्ध भयो ? यो संसद कसले बन्द गर्यो ? नेपाली जनताको आवाज किन बन्द भयो ? यो गम्भीर प्रश्न खडा भएको छ ।’

संसद बन्द हुँदा विभिन्न महत्वपूर्ण ऐनमाथि छलफल हुन नसकेकोमा लामिछानले रोष प्रकट गरे । ‘आज मुलुकको अर्थतन्त्र दयनीय अवस्थामा पुगेको छ । यो सदनमा देशको अर्थतन्त्र उकास्ने छलफल हुनुपर्थ्यो । इकोनमिकको कुरा हुनुपर्थ्यो । इमोसनको कुराले ठाउँ लिँदा अर्थतन्त्र धरासयी भएको छ,’ उनले भने ।

भारत र चीन आर्थिक उन्नतिको शिखरमा पुग्दा हामी प्रहरीको सरुवा बढुवामा आँखा लगाए बसेको उनको भनाइ छ । ‘ यो भन्दा लज्जाको विषय आर्थिक अवस्थामा टाँट पल्टिन लागेको विषय के हुन सक्छ ? यो लज्जाको विषय हो ,’ उनले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप