आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

बढ्दो सवारी दुर्घटनाबारे अध्ययन कार्यदल बनाउन सरकारसँग कांग्रेसको माग

बुधबार, ०६ भदौ २०८०, १७ : ३४
बुधबार, ०६ भदौ २०८०

काठमाडौँ । नेपाली कांग्रेसले बुधबार धादिङमा भएको दुर्घटनामा बेपत्ताको खोजी र घाइतेहरुको उपचारको उचित प्रबन्ध गर्न सरकारसँग माग गरेको छ । पछिल्लो समय सवारी दुर्घटना बढ्दो क्रममा रहेको भन्दै तत्काल एक कार्यदल गठन गरी घटनाहरुको गहिरो अध्ययन गर्न समेत कांग्रेसले माग गरेको हो ।

बुधबार काठमाडौंबाट पोखरा जाँदै गरेको प्रदेश ३—०१—००५ ख ९९५२ नम्बरको बस धादिङको चालिसेबाट त्रिशुली नदीमा खस्दा ८ जनाको मृत्यु भएको छ भने दुर्घटनामा परी अझै केही बेपत्ता र केही यात्रु सख्त घाइते छन् । 

कांग्रेस सभापति शेरबहादुर देउवाले उक्त घटनाप्रति दुःख व्यक्त गर्दै बढ्दो सडक दुर्घटनाबारे अध्ययन गर्न तत्काल एक कार्यदल बनाउन र घटनाहरुको नियन्त्रणका लागि पहल गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

‘सभापति देउवाले मृतकहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै आत्माको चिर शान्तिको कामना साथ शोक सन्तप्त परिवारजनप्रति पार्टी र आफ्नो तर्फबाट गहिरो समवेदना प्रकट गर्नु भएको छ ।

साथै, वेपत्ता भएकाहरुको खोजी कार्यलाई तीव्र पार्न र घाइतेहरुको उपचारको प्रबन्ध मिलाउन सरकारलाई आग्रह गर्नु भएको छ,’ कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ,‘ पछिल्लो समय यस्ता सडक दुघर्टना बढ्दै गइरहेकोले तत्काल एक कार्यदल गठन गरी घटनाहरुको गहिरो अध्ययन गरेर यस्ता घटनाहरुलाई नियन्त्रण गर्न गराउन सरकारको ध्यानाकृष्ट समेत गर्नुभएको छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप