आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

उच्च अदालतले खारेज गर्‍यो बालेनको रिट, महानगरले प्राधिकरणलाई स्पष्टीकरण  दिनुपर्ने

बुधबार, ०६ भदौ २०८०, १७ : ४५
बुधबार, ०६ भदौ २०८०

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई स्पष्टीकरण दिनुपर्ने भएको छ । महानगरपालिकाले जेठ ३२ गते प्राधिकरणसँगको समन्वय बिना नै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको फेन्सिङ तारबार हटाएको थियो ।

उक्त कार्यपछि प्राधिकरणका महानिर्देशकले महानगरका प्रहरी प्रमुखलाई पत्र लेख्दै ७ दिने स्पष्टीकरण सोधेका थिए । तर, महानगरले स्पष्टीकरण नदिने भन्दै उच्च अदालतमा मुद्दा दायर गरेको थियो ।

महानगर प्रमुख बालेन शाहले हालेको रिट खारेज भएसँगै महानगरले स्पष्टीकरण दिनुपर्ने भएको छ । 

यसअघि प्राधिकरणले महानगरलाई ७ दिने स्पष्टीकरण सोधेको थियो । यसको जवाफ नपठाउने भन्दै महानगरले उच्च अदालतमा मुद्दा दायर गरेका थिए । तत्कालीन समयमा अदालतले माग दाबी बमोजिमको अन्तरिम आदेश दिन अस्वीकार गरी अल्पकालीन आदेश मात्र जारी गरेको थियो ।

यस्तै, अदालतले अन्तरिम आदेशबारे थप छलफलका लागि असार १२ गते बोलाएको थियो । बालेनले दायर गरेको मुद्दाको अदालतले रिट खारेज गरेसँगै अब असार १ गते प्राधिकरणले सोधेको स्पष्टीकरणको जवाफ महानगरले दिनुपर्ने भएको छ ।

अन्यथा उनलाई नागरिक उड्डयन प्राधिकरण ऐन, २०५३ को दफा २५ (१) बमोजिम ५० हजार रुपैयाँसम्मको जरिवाना हुने प्राधिकरणका प्रवक्ता ज्ञानेन्द्र भुलले जानकारी दिए ।

368519487_653206799943260_7870106714734664613_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप