आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

कांग्रेस सभापति देउवाद्वारा भारतलाई बधाई

बुधबार, ०६ भदौ २०८०, २१ : ४२
बुधबार, ०६ भदौ २०८०

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चन्द्रयान–३ चन्द्रमामा अवतरण गर्न सफल भएको अवसरमा भारतलाई बधाई दिएका छन् । बुधबार साँझ सभापति देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र त्यहाँका जनतालाई बधाई दिएका हुन् ।

भारतले चन्द्रयान–३ चन्द्रमामा अवतरण गराउन सफल भएलगत्तै पूर्वप्रधानमन्त्री सभापति देउवाले सामाजिक सञ्जालमार्फत बधाई दिएका छन् ।  भारतले अन्तरिक्षमा पठाएको मानवरहित यान बुधबार साँझ ६ बजे चन्द्रमामा अवतरण गरेको छ ।

सभापति देउवाले भनेका छन्– “चन्द्रयान–३ को सफल अवतरणका लागि प्रधानमन्त्री मोदी र भारतका जनतालाई बधाई ! अन्तरिक्ष क्षेत्रमा भारतले गरेको यो उल्लेखनीय प्रगति हो । हामी इसोराका वैज्ञानिकको उत्कृष्ट कामको प्रशंसा गर्दछौँ ।” 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप