आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

बिहीबार, ०७ भदौ २०८०, ०८ : १९
बिहीबार, ०७ भदौ २०८०

काठमाडौँ । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे बस्ने संसद् सचिवालयले जनाएको छ । 

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले “निर्वाचन आयोग, नेपालको पन्ध्रौँ वार्षिक प्रतिवेदन २०७७-०७८ र सोह्रौँ वार्षिक प्रतिवेदन २०७८-०७९” पेस गर्ने कार्यसूची रहेको छ । 

करिब एक महिना अवरुद्ध रहेको प्रतिनिधिसभाको बैठक  बुधबार पुन सञ्चालनमा आएको छ । 

53643647

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप