आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आज पनि जारी

बिहीबार, ०७ भदौ २०८०, ०९ : ०९
बिहीबार, ०७ भदौ २०८०

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठक आज पनि जारी छ । बैठक आज बिहान ८ बजेबाट ललितपुरको बालकुमारीमा चलिरहेको छ । मंगलवारबाट शुरु भएको बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपाल र पार्टी महासचिव घनश्याम भुसालले प्रस्तुत गरेका विभिन्न प्रतिवेदनमाथि छलफल जारी छ । 

मंगलवारको बैठकमा राजनीतिक प्रतिवेदन, लेखा आयोग र निर्वाचन आयोगको प्रतिवेदन पेस गरिएको थियो । सोही प्रतिवेदनमा छलफल चलिरहेको नेताहरु जनाएका छन् । मंगलबारको बैठकमा ८१ जनाले आ-आफ्नो धारणा राखेको थिए । 

प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार केन्द्रीय सदस्यहरूले राखेको धारणामा आजै अध्यक्ष नेपालले जवाफ दिएर बैठक समापन गरिँदैछ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप