आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

अन्तिम दिन ३१ अंकले घटेर नेप्से बन्द, १ अर्ब ५५ करोडको कारोबार

बिहीबार, ०७ भदौ २०८०, १५ : ३२
बिहीबार, ०७ भदौ २०८०

काठमाडौँ । साताको अन्तिम दिन नेप्से सूचक ३१ अंकले घटेर बन्द भएको छ । अघिल्लो तीन दिन लगातार बढेको नेप्से सूचक बिहीबार ३१ अंकमाथिले घटेको हो । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से सूचक ३१.५२ अंकले घटेर २ हजार १३.९३ अंकको विन्दुमा ओर्लिएको छ  भने १ अर्ब ५५ करोड ५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । 

आज १३ वटै उपसूचक ऋणात्मक हुँदै बजार नै राताम्मे भएको छ । सबैभन्दा बढी फाइनान्स समूहको उपसूचक २.९२ प्रतिशतले घटेको छ भने आज हाइड्रोपावर समूहको उपसूचक २.५० प्रतिशतले, डेभलपमेन्ट बैंक २.२३ प्रतिशतले, नन् लाइफ इन्स्योरेन्स २.२२ प्रतिशतले र लाइफ इन्स्योरेन्स २.१४ प्रतिशतले घटेका छन् । अन्य समूहको उपसूचक २ प्रतिशत कमले घटेका छन् । 

आज पनि कुथेली बुखाहारी हाइड्रोपावरको सेयर मूल्य ९.९९ प्रतिशतले बढेको भने मोलुङ हाइड्रोपावर कम्पनीको सेयर मूल्य ८.५४ प्रतिशतले घट्न पुगेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप