आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

दुई सचिवको हेरफेर : सामान्यमा सिंह, प्रधानमन्त्री कार्यालयमा पुष्कर

बिहीबार, ०७ भदौ २०८०, १६ : ४६
बिहीबार, ०७ भदौ २०८०

काठमाडौँ । सरकारले दुई सचिवको जिम्मेवारी हेरफेर गरेको छ । 

बुधवार बिहान बसेको मन्त्रिपरिषद् बैठकले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव कृष्णहरि पुष्करलाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरेको छ । प्रधानमन्त्री कार्यालयका सचिव विनोद प्रकाश सिंहलाई संघीय मामिलाको जिम्मेवारी दिएर पठाएको छ । 

सामान्यका सचिव पुष्करले यसअघि नै पटकपटक प्रधानमन्त्री र मुख्यसचिवलाई भेटेर सरुवा मागेका थिए । तर, प्रधानमन्त्रीले संघीय निजामती सेवा ऐनको टुंगो नलागुन्जेल मन्त्रालयमै बसेर काम गर्न निर्देशन दिएका थिए । 

माओवादीको कोटामा मन्त्री बनेका अमनलाल मोदीलाई प्रधानमन्त्रीले हटाएर जनमत पार्टीको नेतृ अनिता देवीलाई मन्त्री बनाइएको थियो । लगत्तै सचिव पुष्करले पुनः सरुवा मागेका थिए । संघीयमा ल्याइएका सचिव सिंहले यसअघि गृह मन्त्रालय, उद्योग मन्त्रालय लगायत दर्जनौँ कार्यालयमा काम गरेको अनुभव छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप