आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
फोटोफिचर

टुँडिखेलमा गौरा पर्वको रौनक, तस्बिरमा हेर्नुहोस्

बिहीबार, ०७ भदौ २०८०, १७ : १०
बिहीबार, ०७ भदौ २०८०

काठमाडौँ । काठमाडौँमा बस्ने सुदूरपश्चिमेलीले गौरा पर्व मनाएका छन् । बिहीबार काठमाडौँको टुँडिखेलमा उनीहरुले भव्य रूपमा गौरा पर्व मनाएका हुन् । गौरा पर्व कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले नेता भीम रावल लगायतका नेताहरूको उपस्थिति रहेको थियो ।

हरेक वर्ष भाद्र कृष्ण पञ्चमीका दिनदेखि आरम्भ हुने गौरा पर्वको पहिलो दिन घर–घरमा महिलाले तामाका भाँडामा बिरुडा अर्थात् पाँच प्रकारका अन्न भिजाएर पर्वको थालनी गर्ने चलन छ ।

gaura-tudikhel (2)

३ दिनसम्म मनाइने गौरामा महिलाहरू व्रत बस्ने र गहुँ, केराउ, गहत, मास र गुरौस मिसाएर तामाका भाडामा भिजाउने गर्छन् । यिनै पाँच अन्नको मिश्रणलाई ‘बिरुडा’ भन्ने गरिन्छ । गौराको दोस्रो दिन व्रतालु महिलाले पानीका मुहान र पँधेरामा शुभ मुहूर्तमा सामूहिक रूपमा बिरुडा धोएर गौरा देवीको प्रतिस्थापन गर्ने चलन छ । 

सप्तमीका दिन गौरा देवीलाई नजिकको मठ–मन्दिरमा भित्र्याएर पूजा–अर्चना गरी विवाहित महिलाले दुबधागो चढाउने गर्छन् । गौराष्टमीका दिन व्रत बसेर महिला बिहानैदेखि गौरा मनाउने स्थल गौरा खलोमा पूजाआजा गर्छन् । साँझपख अभिषेक गरेर दुबधागो घाँटीमा लगाएर देवीको पूजा गर्ने परम्परा रहेको छ । 

सोही दिन महिलाले प्रसादका रूपमा बिरुडा ग्रहण गरी आफ्ना घरपरिवारका सदस्यको टाउकोमा पुज्ने र निधारमा बिरुडा थापिदिने चलन छ ।  गौरा पर्वको प्रमुख आकर्षण भनेको देउडामा पौराणिक कथा, देवीदेवताका गाथा र धार्मिक ग्रन्थ गाउने नै हो । त्यति मात्रै नभएर सामाजिक विकृतिविरुद्ध पनि देउडाका माध्यमले तिखो व्यङ्ग्य गर्ने गरिन्छ । महिलाले यस अवसरमा आफ्ना सुख–दुःख देउडाका माध्यमबाट व्यक्त गर्छन् । 

gaura-tudikhel (3)

गौरा विसर्जन नगरिएसम्म गौरा घरमा पुरुष तथा महिला छुट्टाछुट्टै रूपमा गोलबद्ध भई स्थानीय लोक भाषामा देउडा, चैत, धमारी आदि खेल खेलेर आनन्द लिने गर्छन् । साथै देउडा र धमारी, ढुस्को, होरी खेलसमेत खेल्ने गरिन्छ । गौरा पर्वमा देउडा गीतका माध्यमबाट एक अर्काका दुःख–सुख बाँड्नुका साथै माया–प्रेम बाँड्ने गरिन्छ । 
यो पर्वलाई एकताका पर्वका रूपमा पनि लिइन्छ । 

gaura-tudikhel (4)gaura-tudikhel (5)gaura-tudikhel (6)gaura-tudikhel (7)gaura-tudikhel (8)gaura-tudikhel (9)gaura-tudikhel (10)gaura-tudikhel (11)gaura-tudikhel (12)gaura-tudikhel (13)gaura-tudikhel (14)gaura-tudikhel (15)gaura-tudikhel (16)gaura-tudikhel (17)gaura-tudikhel (18)gaura-tudikhel (19)gaura-tudikhel (20)gaura-tudikhel (21)gaura-tudikhel (22)gaura-tudikhel (23)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप