आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

५ महिनाभित्र १४ लाख ४६ हजार पशुमा लम्पी स्कीन रोग लाग्यो : कृषिमन्त्री भुसाल

बिहीबार, ०७ भदौ २०८०, १७ : १९
बिहीबार, ०७ भदौ २०८०

काठमाडौँ । कृषि तथा पशुपंक्षी मन्त्री डा.वेदूराम भुसालले ५ महिना अवधीमा १४ लाख ४६ हजार ४ सय ५९ पशुमा लम्पी स्कीन रोग लागेको संसदलाई जानकारी गराएका छन् । 

बिहिबार बसेको प्रतिनिधिसभाको बैठकमा सांसदहरुले सोधेका प्रश्नहरुको जवाफ दिने क्रममा मन्त्री भुसालले त्यसरी लम्पी स्कीनले बिरामी भएका पशुहरु मध्ये १२ लाख ८८ हजार ७ सय ५९ निको भएको ५२ हजार ४ सय ४८ पशुको मृत्यु भएको जानकारी गराएका छन् । 

अहिले बिरामी अवस्थामा १ लाख ५ हजार २ सय ५३ पशु रहेको र यो रोग रोगथामका लागि सरकारले सक्दो प्रयास गरिरहेको उल्लेख गरे । 

रोग नियन्त्रणका लागि सरकारले भ्याक्सिन नेपालमा नबन्ने बताउँदै मन्त्री भुसालले भने– ‘अहिले हामीले जोर्डन, तान्जानिया र टर्कीबाट भ्याक्सिन आयात गरिरहेका छौँ । अहिले भ्याक्सिन लगाउने काम भइरहेृको छ । अहिलेसम्म १३ लाख ६९ हजार डोज भ्याक्सिन हामीले ल्याएका छौँ । ७ लाख ६ हजार पशुमा भ्याक्सिन लगाइएको छ । उपचारको पहल थालेपछि निको हुने संख्या बढेको छ ।’

उनले झिंगा किर्नाको टोकाइबाट सर्ने भएकोले असोजसम्म ध्यान दिनका लागि ३ तहका सरकार लागिपरेको बताएका छन् ।  उनले केरामा नयाँ प्रकारको रोग देखापरेको रिर्पोट सरकारलाई प्राप्त भएको र त्यसलाई नियन्त्रण गर्न विज्ञसँग छलफल गरिरहेको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप