नेता रावलको व्यंग्य : सुनको भारी सुटुक्क नपसोस्, गुणकारी शासन बनोस्
बिहीबार, ०७ भदौ २०८०, १९ : ४१
काठमाडौँ । नेकपा एमालेका नेता डा. भीम रावलले नेपालको संस्कृति देशको लागि मुटु कलेजो भएको बताएका छन् ।
बिहीबार काठमाडौँमा गौरा पर्वको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले सुनको भारी सुटुक्क नपसोस्, गुणकारी शासन बनोस्, जग्गा खाने शरणार्थी काण्डहरुले देशकै फजिति नहोस् लगायतका कवितांशहरुबाट सरकारको व्यंग्य गरे ।
नेता डा. रावलले आफू गृहमन्त्री हुँदा गौरा पर्वमा बिदा दिएको तर अहिले किन काटिएको भन्दै प्रश्न गरे ।