आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

साढे दुई वर्षपछि ट्रम्पले गरे पहिलो ट्विट, के लेखे ?

शुक्रबार, ०८ भदौ २०८०, ०८ : ४४
शुक्रबार, ०८ भदौ २०८०

लगभग साढे दुई वर्षपछि, पूर्व अमेरिकी राष्ट्रपति तथा रिपब्लिकन नेता डोनाल्ड ट्रम्पले सोशल मिडिया प्लेटफर्म एक्स (पहिले ट्विटर भनेर चिनिने) मा ट्विट गरेका छन् ।

उनले आफ्नो मगसट अर्थात् जेलबाट रिहा भएको तस्बिर ट्विट गरेका छन् । तस्बिर सँगै उनले आफ्नो वेबसाइटको जानकारी पनि सेयर गरेका छन् । यसमार्फत उनको अभियानका लागि पैसा उठाइने गरिन्छ ।

यसअघि ट्रम्पले ८ जनवरी २०२१ मा ट्विट गरेका थिए र त्यसपछि उनले आज मात्रै यो प्लेटफर्म प्रयोग गरेका छन् ।

ट्रम्पलाई ट्विटरबाट प्रतिबन्ध लगाइएको थियो र उनको आफ्नै सामाजिक मिडिया प्लेटफर्म, ट्रुथ सोसल सुरु गरेका थिए । 

गत वर्ष, एक्सका नयाँ मालिक एलन मस्कले ट्रम्पमाथिको प्रतिबन्ध हटाए, तर यसका बाबजुद पनि ट्रम्पले यो प्लेटफर्म प्रयोग गरिरहेका थिएनन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप