आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

भगवती हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन, कति दिने आवेदन ?

शुक्रबार, ०८ भदौ २०८०, १२ : १४
शुक्रबार, ०८ भदौ २०८०

काठमाडौँ । भगवती हाइड्रोपावर कम्पनीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन हो । कम्पनीले भदौ ५ गतेदेखि भदौ ८ गतेसम्मको समय सीमा तोकेर प्रतिकित्ता ११६ प्रिमियम मूल्यमा ७ लाख १२ हजार २२० कित्ता प्राथमिक सेयर सर्वसाधारणका लागि बिक्री खुल्ला गरेको थियो । सोही तोकिएको अन्तिम दिन आज सकिँदैछ ।  

 सीडीएस क्लियरिङका अनुसार भदौ ७ गते साँझ ५ बजेसम्ममा १० लाख ९० हजार ९५३ जनाले १ करोड २१ लाख २४ हजार २०० कित्ताका लागि आवेदन दिइसकेका छन् । यो मागभन्दा १७.०२३ गुणा बढीको आवेदन हो ।

कम्पनीले भदौ ५ गतेदेखि फेस भ्याल्यू १०० रुपैयाँमा १६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता ११६ रुपैयाँ दरले सर्वसाधारणका लागि ७ लाख १२ हजार २२० कित्ता सेयर निष्कासन गरेको थियो । हाल कम्पनीको जारी पुँजी ५७ करोड २० लाख ६४ हजार ७०० रुपैयाँ रहेको छ । यसको १५ प्रतिशतले हुने ८ लाख ५८ हजार ९७ कित्ता सेयरमध्ये १० प्रतिशत

अर्थात ८५ हजार ८१० कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बिक्री भइसकेको छ । 

बाँकी सेयरमध्ये ५ प्रतिशत अर्थात् ४२ हजार ९०५ कित्ता सेयर म्युचुअल फन्डहरूलाई बाँडफाँट गरिएको छ भने २ प्रतिशत अर्थात १७ हजार १६२ कित्ता सेयर कर्मचारीलाई छुट्टाएर बाँकी रहेको सेयर सर्वसाधारणलाई बिक्रीमा ल्याइएको हो ।

सर्वसाधारणले न्यूनतम १० कित्तादेखि ५ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप