फोटोफिचर
शुल्क वृद्धिको विरोधमा इन्जिनियरिङ अध्ययन संस्थानका विद्यार्थीहरूको मार्चपास (तस्बिरहरू)
शुक्रबार, ०८ भदौ २०८०, १३ : ०८
काठमाडौँ । पुल्चोक इन्जिनियरिङ अध्ययन संस्थानका विद्यार्थीहरूले शुल्क वृद्धिको विरोध मार्चपास गरेका छन् । शुक्रवार उनीहरुले इन्जिनियरिङ क्याम्पसदेखि माइतीघरसम्म शुल्क वृद्धिको विरोधमा मार्चपास गरेका हुन् ।
विद्यार्थीहरूले केही दिनदेखि इन्जिनियरिङ (बीई) स्नातक तहको शुल्क वृद्धिको विरोधमा आन्दोलन चर्काउँदै आएका छन् ।
बीईको शुल्क ३ लाख १८ हजारबाट ७ लाख ७७ हजार पुर्याएपछि विद्यार्थीहरू आन्दोलित भएका हुन् । बिहीबार पनि अनेरास्ववियुका विद्यार्थीहरूले डिनको कार्यालय अगाडि नाराबाजी गर्दै शुल्क वृद्धिको विरोध गरेका थिए ।
शुक्रवारकाे विराेध प्रदर्शनमा अनेरास्ववियु, नेविसंघ, अखिल क्रान्तिकारी, अनेरास्ववियू लगायतका विद्यार्थी संगठनकाे सहभागिता रहेकाे थियाे।