आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

विद्युत् कार्यालयको आगलागी नियन्त्रणमा

शुक्रबार, ०८ भदौ २०८०, १३ : ४६
शुक्रबार, ०८ भदौ २०८०

काठमाडौँ । काठमाडौँ महानगरपालिका–१६ वनस्थलीस्थित नेपाल विद्युत् प्राधिकरण पावर हाउसको सामुदायिक भवनमा आज बिहान भएको आगलागी नियन्त्रणमा आएको छ । 

नेपाल प्रहरी, स्थानीय, वारुणयन्त्रको दुई वटा दमकल तथा एउटा पानी ट्याङ्करको  सहायताले आगो नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक कुमोध ढङ्गेलले जानकारी दिए । 

वनस्थलीस्थित विद्युत् प्राधिकरण पावर हाउसको सामुदायिक भवनको चौथो तलामा आगलागी भएको प्रहरीले जनाएको छ । विद्युत् सर्ट भएर आगलागी भएको हुनसक्ने अनुमान गरिएको र आगलागीबाट भएको क्षतिको विवरण प्राप्त नभएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप