आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

विभिन्न पार्टी परित्याग गरी करिब तीन सय जना माओवादी केन्द्रमा प्रवेश

शुक्रबार, ०८ भदौ २०८०, १५ : ३७
शुक्रबार, ०८ भदौ २०८०

ललितपुर । ललितपुरमा विभिन्न पार्टी परित्याग गरी करिब ३०० जना नेता तथा कार्यकर्ता नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । 

शुक्रबार ललितपुरको महालक्ष्मीस्थानस्थित आयोजित कार्यक्रममा गृहमन्त्रीसमेत रहेका माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पार्टी प्रवेश गराएका हुन् ।

ललितपुर जिल्ला संयोजक शिव कट्टेलको अध्यक्षतामा आयोजित कार्यक्रममा पार्टी प्रवेश गराइएको हो । 

विप्लव नेतृत्वको नेकपामा रहेका श्याम बज्राचार्यको नेतृत्वमा रोशन महर्जन, संसारलाल वैद्य, शुकबहादुर देउला, नवीन महर्जनलगायतका करिब ३०० जनाले पार्टी प्रवेश गरेका हुन् । 

पार्टी प्रवेश गर्नेमा विप्लव नेतृत्वको नेकपाबाहेक अन्य दलका नेता तथा कार्यकर्ता पछि रहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप