आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

एमाले सचिवालय बैठक स्थगित

शुक्रबार, ०८ भदौ २०८०, १५ : ४०
शुक्रबार, ०८ भदौ २०८०

काठमाडौँ । सिराहामा हुने भनिएको नेकपा एमालेको सचिवालय बैठक स्थगित भएको छ । 

सिराहाको धनगडीमाइ नगरपालिका अम्वासमा भदौ नौ गते तय भएको एमाले केन्द्रीय सचिवालय बैठक बाढी र डुबानका कारण स्थगित गरिएको एमाले केन्द्रीय कार्यालयका सचिव डा. भिष्म अधिकारीले जानकारी दिए । 

सबै तयारी पुरा भएपनि बैठक स्थल डुबानमा परेकाले अर्को सूचना जारी नभएसम्म भदौ नौका सबै कार्यक्रम स्थगित भएको उनले जानकारी दिए । 

एमालेले २०४६ सालमा भूमिगत रुपमा चौथो महाधिवेशन गरेको उक्त स्थानमा यसपटक सोही दिन पारेर सचिवालय बैठक राखेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप