आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सरकारविरुद्ध जतिसुकै आक्रमण भएपनि सुशासनको अभियान रोकिँदैन : उपप्रधानमन्त्री श्रेष्ठ

शुक्रबार, ०८ भदौ २०८०, १६ : ०४
शुक्रबार, ०८ भदौ २०८०

काठमाडौँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्राप्त उपलब्धिको रक्षाका लागि सरकार, सदन र सडकको मोर्चालाई प्रभावकारी बनाउन निर्देशन दिएका छन् । 

शुक्रबार ललितपुरको लगनखेलमा भएको पार्टी प्रवेश कार्यक्रममा उनले प्राप्त उपलब्धिको रक्षा गर्दै सामाजिक, आर्थिक रूपान्तरणको नेतृत्व माओवादीले मात्र गर्नसक्ने दाबी गर्दै तीनवटै मोर्चा प्रभावकारी बनाउन निर्देशन दिएका हुन् । 

एमालेप्रति लक्ष्ति गर्दै  उनले संसद विघटन गरेर परिवर्तनमाथि प्रतिगमन लाद्न खोजिएको आरोप लगाए । तर त्यसलाई माओवादीकै नेतृत्वमा भएको आन्दोलनले परास्त गरेको उनले बताए । त्यस्तै जुनजुन बेला माओवादी नेतृत्वमा सरकार बनेको त्यसबेला सामाजिक, आर्थिक रुपान्तर र जनताको हितमा काम गरेको जिकिर गरे । 

मन्त्री श्रेष्ठले भ्रष्टाचार नियन्त्रण गर्न तस्करीलाई पक्राउ गरी त्यसको जरैसम्म पुग्न सरकारले निष्पक्ष छानबिन गरी अगाडि बढिरहेको बताए । 

‘समृद्धिको यात्रालाई अगाडि बढाउन सुशासन पहिलो सर्त भएकाले भ्रष्टाचारी, कमिसन खोरी, काला बजारी, ठगी गर्नेलगायत दण्डहीनताको अन्त्य गरी सुशासन कायम गर्न सरकारले अगाडि बढिरहेको छ । सुशासनमार्फत समृद्धिको यात्राको नेतृत्व माओवादीबाहेक अन्यले गर्न सक्दैन ’, उनले  भने । 

सुशासनको अभियान चलाएपछि जनतामा नयाँ आशा पलाएको जिकिर गर्दै उनले अभियानबाट आतंकित भएकाहरूले सरकारविरुद्ध आक्रमण गरी असफल बनाउन लागिरहेको आरोप लगाए । उनले दलाल नोकरशाही पुँजीपति वर्गविरुद्धको लडाइँमा सरकार प्रतिबद्ध रहेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप