आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

शेयरप्रो सेक्यूरिटिज् सञ्चालनमा, ‘शुभारम्भ सप्ताह’ सार्वजनिक

शुक्रबार, ०८ भदौ २०८०, १६ : १८
शुक्रबार, ०८ भदौ २०८०

काठमाडौँ । शेयरप्रो सेक्यूरिटीज प्रा. लि.( शेयर दलाल नं.६५ ) औपचारिक रुपमा सञ्चालनमा आएको छ । कम्पनीले गत जेठ ९ मा नेपाल धितोपत्र बोर्डबाट अनुमतिपत्र प्राप्त गरी शेयर दलाली तथा निक्षेप सदस्यको सेवा प्रदान गर्दै आइरहेको छ । 

सोही क्रममा कम्पनीले शुक्रबार आफ्नो सेवाको औपचारिक उद्घाटन गरेको छ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालले कार्यालयको औपचारिक समुद्घाटन गरेका हुन् । 

 उद्घाटन कार्यक्रममा अध्यक्ष हमालले कम्पनीलाई बधाई दिँदै उच्चतम प्रतिस्पर्धा र प्रविधिको प्रयोगबाट नै शेयर बजारमा सकारात्मक परिवर्तन हुँदै जाने विश्वास व्यक्त गरे । 

आफ्नो उद्घाटनको शुभ उपलक्ष्यमा कम्पनीले साता व्यापी कार्यक्रम “शुभारम्भ सप्ताह” समेत सार्वजनिक गरेको छ । यो कार्यक्रम आजदेखि भदौ १५ सम्म कम्पनीको कार्यालय ढल्कुमा हुनेछ । 

कम्पनीका विद्यमान ग्राहक तथा धितोपत्र बजारमा रुचि राख्ने जो कोही  व्यक्तिले उक्त कार्यक्रममा सहभागी भएर अनलाइन कारोबार तथा निक्षेप सेवाका सम्बन्धमा आवश्यक जानकारी लिई लाभ लिन सक्ने विश्वास कम्पनीले लिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप