आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

जसपाले केन्द्रीय नेताहरुलाई निर्वाचन निर्वाचन क्षेत्र र पालिकाहरुमा खटाउने

शुक्रबार, ०८ भदौ २०८०, १७ : ३८
शुक्रबार, ०८ भदौ २०८०

काठमाडौँ ।  जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय नेताहरुलाई निर्वाचन क्षेत्र र पालिकाहरुमा खटाउने भएको छ ।

 ३ महिने पार्टी विस्तार तथा सुदृढीकरण अभियानमा नेताहरुलाई खटाउन लागिएको जसपाले जनाएको छ  ।

सो क्रममा नेताहरुले आफ्नो जिम्मेवारीभित्रको भूमिकामा रहेर संगठन विस्तारका कार्यक्रमहरु सञ्चालन गर्ने प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए । 

साथै नयाँ विधानका सम्बन्धमा प्रशिक्षण कार्यक्रम चलाई विधानबारे कार्यकर्ताहरुलाई प्रशिक्षित गरिने छ । यस अवधिमा संगठनको अभिलेख संकलन र सदस्यता बितरण कार्यसमेत हुने उनले बताए । सोही बमोजिम पार्टीले आउँदो शनिबारदेखि नै प्रदेश तथा स्थानीय तहहरुमा प्रशिक्षण कार्यक्रम गर्न लागेको पनि बस्नेतले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप