आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
तस्बिरमा हेर्नुहोस् समाजवादी मोर्चाको प्रदेशस्तरीय पहिलो सभा

तस्बिरमा हेर्नुहोस् समाजवादी मोर्चाको प्रदेशस्तरीय पहिलो सभा

शुक्रबार, ०८ भदौ २०८०

काठमाडौँ । चार दलीय समाजवादी मोर्चा नेपालले प्रदेशस्तरीय पहिलो सन्देश/घोषणासभा गरेको छ । शुक्रबार पर्साको वीरगन्जमा मोर्चाका शीर्ष नेताहरुको सहभागितामा सभा गरिएको हो । 

भदौ ४ गते बसेको समाजवादी मोर्चाको बैठकले सातै प्रदेशमा प्रदेश स्तरीय घोषणा सभाहरू गर्ने निर्णय गरेको छ । 

जसअनुसार मोर्चाले आज (८ गते) मधेस प्रदेशको वीरगन्जमा घोषणासभा गरेको हो । 

यस्तै भदौ १२ गते लुम्बिनीको बुटवलमा, १३ गते सुदूपश्चिमको धनगढीमा, १४ गते कर्णालीको सुर्खेतमा, १५ गते गण्डकीको पोखरामा, २३ गते बागमतीको हेटौँडामा, २५ गते कोशीको विराटनगरमा सभाहरू हुने छ । 
आजको सभामा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डसहित एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव, नेकपाका महासचिव विप्लवलगायतका नेताहरुको सहभागिता रहेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया