आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

भारत :  तीर्थयात्री बोकेको रेलमा आगलागी, ८ को मृत्यु

शनिबार, ०९ भदौ २०८०, ०८ : ५७
शनिबार, ०९ भदौ २०८०

भारतको तमिलनाडुको मदुरै रेलवे स्टेसन नजिकै तीर्थयात्री बोकेको रेलमा आगलागी हुँदा कम्तीमा आठ जनाको मृत्यु भएको छ । मिडिया रिपोर्टका अनुसार १७ अगस्टमा लखनउबाट ६० भन्दा बढी तीर्थयात्री रेलबाट सामी दर्शनका लागि दक्षिण भारत गएका थिए ।

यी तीर्थयात्रीहरू शनिवार बिहान मदुरै पुगेका थिए । उनीहरुले हिजो नागरकोइलस्थित पद्मनाभ स्वामी मन्दिरको दर्शन गरेका थिए । यो रेल मदुरै रेलवे स्टेसनबाट करिब एक किलोमिटर टाढा थियो ।

एक प्रत्यक्षदर्शीले बीबीसीको तमिल सेवालाई केही यात्रुहरूले सिलिन्डर प्रयोग गरेर चिया बनाउँदै गर्दा आगलागी भएको बताए । 

अधिकारीहरूले यस विषयमा अनुसन्धान गरिरहेका छन् र हालसम्म आठ शव बरामद गरिएको छ ।

rail1

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप