आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
तस्बिरमा हेर्नुहोस् बागमतीको 'महाजलयात्रा'
बागमती संरक्षण

तस्बिरमा हेर्नुहोस् बागमतीको 'महाजलयात्रा'

शनिबार, ०९ भदौ २०८०

काठमाडौँ । काठमाडौँको सभ्यतासँग जोडिएको बागमती नदीमा शनिवार बिहान केही अनौठो दृश्य देखियो । बागमतीमा केही थान र्याफ्ट र डुङ्गामा मानिसहरू सवार थिए र उनीहरू मनसुनसँगै उर्लिएको बागमतीमा नौका विहार गरिरहेका थिए ।

सामान्य अवस्थामा फोहोर र लेदो बग्न बागमतीमा यसरी डुङ्गा सवार हुँदा मानिसहरूले अचम्म मान्ने नै भए । अघिल्लो वर्षदेखि बागमती नदीको संरक्षण एवं यसको प्रवर्धन गर्नको लागि सुरु भएको ‘नदी महोत्सव तथा महाजलयात्रा’ को दोस्रो संस्करण थियो शनिवार बिहानको बागमतीको डुङ्गा र र्याफ्ट सयर ।

नेपाल एसोसिएसन अफ र्याफ्टिङ एजेन्सीज् (नारा), नेपाल नदी संरक्षण संस्था र फ्रेन्डस क्लब कुपण्डोलको संयुक्त आयोजनामा काठमाडौँ र ललितपुरको सिमानाको रूपमा रहेको बागमतीमा ‘नदी महोत्सव तथा महाजलयात्रा’ आयोजना भएको हो ।

ललितपुरको कुपण्डोलस्थित वाग्मती पुलबाट बिहान ७ः०० बजेदेखि सुरु भएको महाजलयात्रामा १५ वटा डुङ्गामार्फत जलयात्रा गर्ने आयोजकको योजना थियो । सामाजिक र धार्मिक इतिहास बोकेको सुन्दर र महत्त्वपूर्ण वाग्मती नदी ढलमा परिणत भएको भन्दै पछिल्लो समय अभियन्ताहरूले विभिन्न अभियान सञ्चालन गर्दै आएका छन् । तर बर्षातको समयमा बाहेक अरु बेला बागमतीमा पानी भन्दा पनि ढल बग्ने गर्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया