आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
बजार

सातामा प्रतितोला ७०० रुपैयाँले बढ्यो सुनको मूल्य

शनिबार, ०९ भदौ २०८०, ११ : २९
शनिबार, ०९ भदौ २०८०

काठमाडौँ । यो साता नेपाली बजारमा सुन र चाँदीको मूल्य बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार गत साताको शुक्रबारको तुलनामा यो साताको शुक्रबार सुन र चाँदीको मूल्य बढेको हो ।

गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख १० हजार ४०० रुपैयाँ थियो । जुन, यो साताको शुक्रबारसम्ममा ७०० रुपैयाँले बढेर प्रतितोला १ लाख ११ हजार १०० रुपैयाँ पुगेको हो । यस्तै, गत साता तोलामा १ लाख ९ हजार ८५० रुपैयाँ रहेको तेजाबी सुनको मूल्य यो साता १ लाख १० हजार ५५० रुपैयाँ छ ।

सुनको मूल्य बढेको साता चाँदीको मूल्यमा समेत वृद्धि देखिएको छ । महासंघकाअनुसार यो साता चाँदीको मूल्य तोलामा ६० रुपैयाँले बढेको छ । गत साताको शुक्रबार तोलामा १३ सय ९० रहेको चाँदीको मूल्य यो साताको शुक्रबार १४ सय ५० रुपैयाँ कायम भएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप