आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

६ जना फोटोग्राफरहरूको तस्बिर एकै ठाउँमा

शनिबार, ०९ भदौ २०८०, १६ : २७
शनिबार, ०९ भदौ २०८०

काठमाडौँ । नेपालका ६ जना फोटोग्राफरहरूले विभिन्न विषयमा खिचेको तस्बिरहरूको प्रदर्शनी ‘एउटा भन्ने तरिका’ वा ‘अ वे अफ टेलिङ’ धौगलमा रहेको पाटन हाउसमा सुरु भएको छ । शुक्रवार बेलुकी उद्घाटन भएसँगै यसको प्रदर्शनी प्रारम्भ भएको हो । 

photo exhibition (1)

फोटो सर्कल नेपालले अन्य अन्तर्राष्ट्रिय संस्थासँग मिलेर सञ्चालन गरेको इन्टरनेशनल स्टोरीटेलिङ वर्कसप २०२३ अन्तर्गतको यो प्रदर्शनी एक महिनासम्म चल्नेछ । ओस्लो मेट्रोपोलिटन युनिभर्सिटी, पाठशाला साउथ एसियन मिडिया इन्स्टिच्युट र फोटो सर्कल नेपालको सहभागितामा ४५ दिन सम्म ६ जना नेपाली फोटोग्राफर वर्कसपमा सहभागी भएका थिए ।

photo exhibition (2)

नेपाली फोटोग्राफरका अलावा वर्कसपमा ६ बङ्गलादेशी र ९ नर्वेजियन फोटोग्राफरको पनि सहभागिता थियो । वर्कसपका दुई सेसन म्याडस् निस्सन र मुनेम वासिफले सञ्चालन गरेका थिए ।

हाल प्रदर्शनीमा राखिएका तस्बिरहरूले नेपालका विभिन्न क्षेत्रका कथाहरू देखाउँछन् । मित्रता, बढ्दो सहरीकरणको प्रभाव, प्रकृति, लैङ्गिकता र हराउँदै गएका मौलिकताबारे फोटो मार्फत देखाएको छ ।

photo exhibition (3)

प्रदर्शनीमा अमित मचामसी, असिम बाँस्तोला, डेनिस महर्जन, निशा खालिङ् राई, निष्ठ थापा श्रेष्ठ र सुन्दुप दोर्जे लामाले खिचेका तस्बिरहरू राखिएका छन् ।

photo exhibition (4)photo exhibition (5)photo exhibition (6)photo exhibition (7)photo exhibition (8)photo exhibition (9)photo exhibition (11)photo exhibition (12)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप