प्रहरीका १४ जना सम्पर्कविहीन, सात दिनभित्र हाजिर नभए जागिरबाट हटाइने
आइतबार, १० भदौ २०८०, ०८ : ४१
काठमाडौँ । नेपाल प्रहरीले १४ जना प्रहरीलाई हाजिर हुन निर्देशन दिएको छ । प्रहरीले आइतवार सूचना जारी गर्दै सात दिनभित्रमा हाजिर हुन निर्देशन दिएको हो ।
तोकिएको समयमा हाजिर नभए नियमानुसार जागिरबाट हटाइने चेतावनी समेत दिएको छ ।