आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
ललिता निवास प्रकरण

सञ्चारसचिव कृष्णबहादुर राउतविरुद्ध पनि मुद्दा चलाउने निर्णय

आइतबार, १० भदौ २०८०, ११ : ३५
आइतबार, १० भदौ २०८०

काठमाडौँ । ललिता निवास जग्गा प्रकरणमा सञ्चार सचिव कृष्णबहादुर राउतविरुद्ध पनि मुद्दा चलाउने निर्णय भएको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले राउतलाई प्रतिवादी बनाउन राय नदिएको भएपनि जिल्ला सरकारी वकिलको कार्यालयले राउतलाई पनि प्रतिवादी बनाउने निर्णय गरेको हो । 

जिल्ला सरकारी वकिलको कार्यालयका प्रमुख अच्युतमणि नेउपानेले राउतसमेतलाई प्रतिवादी बनाएर जिल्ला अदालतमा मुद्दा दर्ताका लागि पठाइएको बताए । 

यस्तै दाङका प्रमुख जिल्ला अधिकारीसमेत रहेका सहसचिव सुशील वैद्यलाई पनि प्रतिवादी बनाइएको छ । यो प्रकरणमा २९० जना प्रतिवादी कायम गरेर मुद्दा पठाइएको न्यौपानेले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप