आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
सेयर बजार

नेप्सेको खराब सुरुवात : २०.५४ अंकले घटेर १९९३ अंकको विन्दुमा

आइतबार, १० भदौ २०८०, १५ : ५१
आइतबार, १० भदौ २०८०

काठमाडौँ । साताको पहिलो कारोबार दिन नै ऋणात्मक बन्दै नेप्से सूचकले खराब सुरुवात गरेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आइतबार नेप्से सूचक २०.५४ अंकले घट्दै १९ सय ९३.३८ अंकको विन्दुमा ओर्लिएको हो । 

आज क वर्गको सेन्सेटिभ इन्डेक्स समेत ३.४४ अंकले घट्दै ३८२.११ अंकको विन्दुमा ओर्लिएको छ ।  म्युचुअल फन्ड बाहेक १२ वटा उपसूचक ऋणात्मक हुँदा आज १ अर्ब २६ करोड २७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । 

दास्रो बजारमा कारोबार सुरु भएदेखि लगातार बढिरहेको कुथेली बुखाहरी स्मल हाइड्रोपावर कम्पनीको मूल्य आज पनि १० प्रतिशतले बढेको छ ।  यता माकर जितुमाया सुरी हाइड्रोपावरको सेयर मूल्य भने आज ९.६३ प्रतिशतले घट्न पुगेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप