आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

बिरामीको मृत्यु प्रकरण : अस्पतालमा सुरक्षा बढाइयो, उजुरीको तयारी

सोमबार, ११ भदौ २०८०, ११ : ४७
सोमबार, ११ भदौ २०८०

धनगढी । पत्थरीको अप्रेसनको क्रममा बिरामीको मृत्यु भएपछि धनगढीस्थित स्वस्तिक अस्पतालमा सुरक्षा बढाइएको छ । आफन्तजनले डाक्टरको लापरबाहीले बिरामीको मृत्यु भएको भन्दै विरोध गर्न थालेपछि अस्पतालमा सुरक्षा बढाइएको हो । 

उपचारको लागि अस्पताल भर्ना भएका कञ्चनपुरको बेलौरी नगरपालिका १० शिवनगरका ५५ वर्षीय ऐजनलाल चौधरीको मृत्यु भएको हो । उपचारको क्रममा डाक्टरले उनको बायाँ किड्नीको अपरेसन गर्दा अत्यधिक रक्तश्रावलेले मृत्यु भएको अस्पतालले जनाएको छ ।

यसैबीच मृतकका आफन्तजनले डाक्टरको लापरबाहीले बिरामीको मृत्यु भएको भन्दै सत्य तथ्य छानबिनको माग गर्दै जिल्ला प्रहरी कार्यालय कैलालीमा अस्पताल र डाक्टर विरुद्ध उजुरीको तयारी गरेका छन् । मृतकका ज्वाइँ रमेश चौधरीले अस्पतालको लापरबाहीले बिरामीको मृत्यु भएकोले कारबाहीको लागि कानुनी प्रक्रियामा जाने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप