आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

लाखौँ युवा विदेशिनुमा गलत नीति र नेतृत्व जिम्मेवारः अध्यक्ष लिङ्देन

प्रवासी नेपाली एकता समाज युएईको अध्यक्षमा खत्री
सोमबार, ११ भदौ २०८०, १२ : ४७
सोमबार, ११ भदौ २०८०

काठमाडौँ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले श्रमका लागि लाखौं युवा विदेशिनुमा गलत नीति र राजनीतिक नेतृत्व जिम्मेवार रहेको बताएका छन् । 
राप्रपा निकट प्रवासी नेपाली एकता समाज (पानस) ले युएईको दुबईमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष लिङ्देनले गलत नेतृत्व र व्यवस्थाको कारणले देश नबनेको जिकिर गरे। 

लिङ्देनले धर्मनिरपेक्षको आडमा नेपालको सनातन घर्म संस्कृतिमाथि निरन्तर प्रहार गर्ने गतिविधि बढिरहेकोमा चिन्ता व्यक्त गर्दै धर्मनिरपेक्षता खारेज गरी वैदिक सनातन हिन्दुराष्ट्र हुनुपर्ने  र त्यसका लागि राप्रपाले निरन्तर आवाज उठाइरहेका बताए । 

उनले नेपालको हिन्दुराष्ट्रको पहिचान मेटाउने र धर्मनिरपेक्ष बनाउने काम राजनीतिले गरेको बताउदै राजनीतिले बिगारेको चिज राजनीतिबाट नै सुधार्नुपर्नेमा जोड दिए । 

 लिङ्देनले धर्मको नाममा राजनीति राप्रपाले नभई धर्मनिरिपेक्षता बनाउनेहरुले शुरु गरेका दाबी समेत गरे। उनले आफू लिम्बू, किराँत धर्मावलम्बी भएर पनि हिन्दुराष्ट्र स्थापना गर्न लागेको उल्लेख गर्दै जन्म र कर्मले हिन्दु रहेकाहरुले हिन्दुराष्ट्र पुनःस्थापनाको अभियानमा साथ दिन आग्रह गरे ।

यसैबीच अध्यक्ष राजेन्द्र लिंदेनको प्रमुख आतिथ्यमा प्रवासी नेपाली एकता समाज युएईको दोश्रो अधिवेशन सम्पन्न भएको छ। अधिवेशनबाट निराजन खत्रीको अध्यक्षतामा ५१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप