आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

कांग्रेसको बीपी साहित्य महोत्सवका यस्ता छन् कार्यक्रम

सोमबार, ११ भदौ २०८०, १४ : ५९
सोमबार, ११ भदौ २०८०

काठमाडौँ । नेपाली कांग्रेसले भदौ अन्तिम साता बीपी साहित्य महोत्सव आयोजना गर्ने भएको छ । कांग्रेस केन्द्रीय कार्यालय र नेपाल लेखक संघको संयोजनमा भदौ २४, २५ र २६ गते बीपी साहित्य महोत्सव आयोजना गर्न लागिएको हो ।

प्रचार विभाग प्रमुख मीन विश्वकर्माले पत्रकार सम्मेलन गरी ११०औं बीपी जयन्तीको अवसरमा बीपी साहित्य महोत्सव गर्न लागिएको बताए । 

उनका अनुसार महोत्सवका १२ वटा सेसन हरेक दिन साँझ हुने छ । महोत्सवमा कविता, गजल र सांगीतिक साँझका साथै  चित्रकला, वृत्तचित्र  र ऐतिहासिक फोटो प्रदर्शनी कार्यक्रम पनि रहेको विश्वकर्माले बताए । 

यस्तै मनोविश्लेषणात्मक साहित्य र व्यक्तिसत्ता, साहित्यमा पर्यावरण, समय र सबाल्र्टन, नेपालको मातृभाषा साहित्य, बीपीका आख्यानमा नारी, बीपीका आख्यानमा मधेस, बीपीका दृष्टिमा बीपी, बीपीले नपाएका १५ वर्ष, अन्तर्राष्ट्रिय राजनीति र कूटनीतिमा बीपी, समावेशिता, सामाजिक रुपान्तरण र बीपी, युवा स्रष्टामा बीपी पठन रपरिवारले बुझेका बीपी गरी १२ वटा सत्रहरु रहने छन् ।  

महोत्सवका संयोजक एवं कांग्रेस सहमहामन्त्री बद्री पाण्डेले महोत्सवमा भारतबाट जेएनयूका पूर्व प्राध्यापक आनन्दकुमार आउने बताए ।

Bahdra 11, BP Festival 24-26 bhadra

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप