आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

अटो शो प्रवेश शुल्क २ सय रुपैयाँ तोकियो, विद्यार्थीलाई २५ प्रतिशत छुट

सोमबार, ११ भदौ २०८०, १६ : २५
सोमबार, ११ भदौ २०८०

काठमाडौँ । नाडा अटो शो, २०२३ को टिकट बुकिङ खुल्ला भएको छ । भदौ २६ गतेदेखि भदौ ३१ गतेसम्म भृकुटी मण्डपमा आयोजना हुने १५औं संस्करणको नाडा अटो शोको अनलाइन र भौतिक टिकट काट्न सकिने आयोजक नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले जनाएको छ । 

यस वर्षको अटो शोको प्रतिटिकटको मूल्य २ सय रुपैयाँ तोकिएको आयोजक नाडाका अध्यक्ष ध्रुव थापाले जानकारी दिए । तर, विद्यार्थीका लागि भने २५ प्रतिशत छुटसहित प्रतिटिकट १५० रुपैयाँ तोकिएको थापाले जानकारी दिए । 

अटो शोको टिकट बुकिङ तथा अनलाइन डिजिटल पार्टनरमा खल्ती एप रहेको छ । भदौ २६ गतेदेखि चल्ने नाडा अटोका लागि अग्रिम टिकट बुकिङ खुल्ला गरिसकिएको र अनलाइनमार्फत टिकट बुक गर्दा २० प्रतिशत क्यास ब्याक समेत पाइने नाडाले जनाएको छ । 

साना–ठूला गरी १२० भन्दाबढी स्टल रहने यस पटकको नाडा अटो शोमा ७५ हजार भन्दा बढी अवलोकनकर्ताहरुले अवलोकन गर्ने नाडाले जनाएको छ । यसपटकको अटो शोमा २० अर्ब रुपैयाँ बराबरको व्यापार हुने आयोजक नाडाको अपेक्षा छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप