आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

नाडा अटो शोमा विश्वप्रसिद्ध ब्राण्ड ‘सेरेस’ लन्च हुँदै

सोमबार, ११ भदौ २०८०, १७ : ४४
सोमबार, ११ भदौ २०८०

काठमाडौँ । विश्वप्रसिद्ध ब्राण्ड ‘सेरेस’ नाडा अटो शो २०२३ को अवसरमा नेपाली बजारमा लन्च हुने भएको छ । हाल चिनियाँ ईभी ब्राण्ड च्याङ्योङ भित्र्याइरहेको कम्पनी एमएडब्लू इन्टरप्राइजेज लि.ले नै उक्त ब्राण्ड नेपालमा भित्र्याएको हो ।

सेरेस ७० भन्दा बढी मुलुकमा आफ्नो दमदार उपस्थिति देखाइसकेको छ । ईभीको उपलब्धतालाई सहज र दिगो बनाउने उद्देश्यका साथ अघि बढिरहेको सेरेसले विश्वलाई प्रदुषण मुक्त बनाउने दिर्घकालीन लक्ष्य लिएको कम्पनीले जनाएको छ । सेरेस नविनतम प्रव्रिधिको विकास गर्न चीनमा मात्र नभई अमेरिका र जापान लगायत मुलुकमा पनि आफ्नो अत्याधुनिक ‘रिसर्च एण्ड डेभलपमेन्ट विंग’ लाई सञ्चालन गर्दै आएको छ । 

ड्राइभिङलाई थप पर्यावरण–मैत्री र व्यवहारिक बनाउने अभियानमा सेरेसले अग्रणी भूमिका निर्वाह गर्दै आएको कम्पनीले बताएको छ ।  ब्राण्ड डाइरेक्टरीले हरेक वर्ष विश्वव्यापी रूपमा शीर्ष ५ हजार कम्पनीहरूको प्रदर्शन मूल्याङ्कनमा पर्छ । सोहि ब्राण्ड डाइरेक्टरीद्वारा तयार पारिएको २०२३ को वार्षिक प्रतिवेदनअनुसार सोकोन (हाल सेरेस) एक

सफल अटोमोबाइल कम्पनी बन्न सफल भएको छ । साथै २०२२ पछि सबैभन्दा छिटो बढिरहेको र वार्षिक रुपमा २१ प्रतिशत बढीले गाडीको बिक्री बढिरहेको समेत कम्पनीको दाबी छ । 

यहि भदौ २६ गतेदेखि ३१ गतेसम्म काठमाडौँको भृकुटी मण्डपमा आयोजना हुने १५ औं सस्करणको नाडा अटो शो २०२३ को अवसरमा कम्पनीले सेरेसलाई नेपालमा आधिकारिक रुपमा सार्वजनिक गर्न लागेको हो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप