आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सहकारी महासंघका महाप्रबन्धक सुब्बालाई सहकारी अभियन्ता पुरस्कार

मङ्गलबार, १२ भदौ २०८०, १४ : ४९
मङ्गलबार, १२ भदौ २०८०

काठमाडौँ । राष्ट्रिय सहकारी महासंघको महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ सुब्बा स्वर्गीय गणेशप्रसाद बस्नेत सहकारी अभियन्ता पुरस्कारबाट सम्मानित भएकी छिन् ।

झापाको मेची बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आफ्नो २७ औं वार्षिकोत्सव तथा २९ औं साधारण सभाको अवसरमा मंगलबार महाप्रबन्धक सुब्बालाई पुरस्कृत गरेको हो । 

महाप्रबन्धक सुब्बाले नगद २६ हजार राशिसहित सम्मानपत्र प्राप्त गरेकी छिन् । पूर्व अर्थमन्त्री तथा पूर्व गभर्नर डा. युवराज खतिवडाले उक्त सम्मान सुब्बालाई प्रदान गरेका थिए । 

नेपालको सहकारी अभियानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा स्थापित गराउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेको र सहकारी अभियन्ताहरुलाई सहकारी क्षेत्रमा लाग्न अभिप्रेरित गर्र्नेे उद्देश्यले सहकारीमा २५ पर्ष भोगाई र अनुभूति नामक पुस्तक तथा सहकारी सम्बन्धी विभिन्न लेख, रचनासमेत प्रकाशन गरी सहकारी क्षेत्रलाई अभिभावकत्व प्रदान गरेकाले संस्थाले सुब्बालाई सम्मान गरेको संस्थाका अध्यक्ष नारायणप्रसाद भट्टराईले बताए । 

पाँचथर जिल्ला याङनामकी सुब्बा २०५३ सालमा राष्ट्रिय सहकारी महासंघमा लेखापालको रुपमा प्रवेश गरेसँगै सहकारी अभियानमा जोडिएकी हुन् । त्यसपछि उनी निरन्तर रुपमा सहकारी अभियानमा सक्रिय रहेकी छन् । उनी जापान, सिंगापुर, थाइल्यान्ड, बेलायत, जर्मनी, अमेरिका, इटाली, ब्राजिल, बेल्जियम, फ्रान्सलगायत १९ वटा मुलुकहरुमा आयोजना भएका सहकारीसम्बन्धी तालिम तथा गोष्ठीहरुमा सहभागी भएकी छन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप