आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
नेप्से

सेयर बजारमा नैरास्यता : ५ अंकले घटेको बजारमा जम्मा ८६ करोडको कारोबार

मङ्गलबार, १२ भदौ २०८०, १५ : ४८
मङ्गलबार, १२ भदौ २०८०

काठमाडौँ । पछिल्लो दिनमा सेयर बजारप्रति आम लगानीकर्ताहरुको नैरास्यता छाएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार मंगलबार सेयर बजारमा ५ अंकले नेप्से सूचक घट्दा कारोबारमा तीव्र गिरावट आएको हो । 

नेप्सेका अनुसार आज नेप्से सूचक ५.०५ अंकले घट्दै १९ सय ९३.४२ अंकको विन्दुमा झरेको छ ।

यस दिन जम्मा ८६ करोड ५१ लाख २० हजार रुपैयाँ बराबरको ४० लाख कित्ता सेयर मात्र कारोबार भएको छ । 

इन्भेष्टमेन्ट, म्युचुअल फन्ड, नन् लाइफ इन्स्योरेन्स र ट्रेडिङ कम्पनीहरुको सेयर मूल्यमा झिनो प्रतिशतले मात्र वृद्धि भएको छ भने बाँकी ९ वटा उपसूचक ऋणात्मक भएका छन् । 

तथापि, आज पनि कुथेली बुकहारी स्मल हाइड्रोपावर कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने ग्लोबल आईएमई ब्यालेन्स फन्डको मूल्य ९.९९ प्रतिशतले बढेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप