आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सुजुकीले थाल्यो जिम्नीको डेलिभरी

मङ्गलबार, १२ भदौ २०८०, १६ : ३३
मङ्गलबार, १२ भदौ २०८०

काठमाडौँ । नेपालका लागि सुजुकीको आधिकारिक वितरक सीजी होल्डिङ्स अन्तर्गतको अटोमोटिभ डिभिजन सीजी मोटोकर्प तथा सीजी नेक्स्टजेनले अन्तर्राष्ट्रिय बजारमा बहुप्रतिस्थित एसयूभी जिम्नी ‘द अल्टिमेट अफ रोदर’ नेपाली बजारमा पनि  डेलिभरी दिन थालेको छ । 

जिम्नी नेपालको प्रतिक्षित गाडी मध्ये एक हो। ट्रु अफ–रोड एसयूभी जिम्नीले ५०  वर्ष भन्दा बढीको विरासत बोकेको गाडी भएको बताइएको छ । 
सुजुकी जिम्नी अल्टिमेट अफ रोड एसयूभी हो, जुन हेभी–ड्युटी ल्याडर फ्रेम चेसिसमा निर्मित छ र यसमा पर्याप्त बडी एन्गल र ग्राउन्ड क्लियरेन्सको साथ डिजाइन गरिएको छ ।

अफ–रोडका लागि उत्तम हुने गरी डिजाइन र निर्मित जिम्नीमा २२.६८ सेमी स्मार्टप्ले प्रो इन्फोटेनमेन्ट सिस्टम, ६ एयरब्याग, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल, अटो टेम्परेचर कन्ट्रोल, हिल डिसेन्ट कन्ट्रोल जस्ता धेरै आधुनिक आरामदायी र सुरक्षित सुविधाहरू समावेश गरिएको छ । 

कम्पनीले भनेको छ, ‘५–ढोके सुजुकी जिम्नीको  भारतमा निकै राम्रो माग रहेको छ, जसको कारण यसको वेटिङ पिरेड  पनि निकै लामो छ । यो नेपाली ड्राइभिङ कन्डिसनको लागि  सबैभन्दा उपयुक्त एसयूभी भएकोले हामीले नेपालमा छिटो उपलब्ध गराउन विशेष अनुरोध गरेका थियौँ । जसको नतिजा हामीले भारतमा भन्दा कम वेटिङ पिरेडमा पहिलो ब्याच डेलिभर गरेका छौँ । हामी विश्वस्त छौं कि नेपाली ग्राहकहरूले नयाँ जिम्नीसँग नयाँ अनुभवहरू सिर्जना गर्नेछन्। त्यस अनुभवलाई अभिवृद्धि गर्न कम्पनीले विभिन्न जिम्नी–केन्द्रित गतिविधिहरु पनि निकट भविष्यमा लन्च गर्नेछ ।’

customer delivery 2
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप