आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सिरहाको अम्बासमा बस्ने एमाले सचिवालय बैठकको तयारी पुरा

मङ्गलबार, १२ भदौ २०८०, २२ : १८
मङ्गलबार, १२ भदौ २०८०

काठमाडौँ  । सिरहाको अम्बासमा बस्ने नेकपा एमालेको सचिवालय बैठकको सम्पूर्ण तयारी पूरा भएको छ । यही भदौ ९ गते बस्ने भनिएको एमाले सचिवालय बैठक अम्बासमा बाढी आएपछि बुधबारसम्मका लागि स्थगित भएको थियो । 

बुधबार बस्ने बैठकको सम्पूर्ण तयारी पुरा भएको एमाले मधेस प्रदेश इन्चार्ज एवं केन्द्रीय सचिव योगेश भट्टराईले बताए । उनका अनुसार बैठक बिहान ११ बजेदेखि सुरु हुनेछ । 

बैठकले मिसन ग्रासरु अभियानको समीक्षा गर्नुको साथै केन्द्रीय कमिटी बैठकको मिति तोक्ने एमालेले जनाएको छ । 

अम्बासमा २०४६ मा भएको एमालेको चौथो महाधिवेशनबाट मदन भण्डारीलाई महासचिव चयन भएका थिए । एमालेको  ऐतिहासिक स्थान भएकाले सो ठाउँमा पार्टीको सचिवालय बैठक राखिएको हो । भट्टराईका अनुसार सो महाधिवेशनले राज्य व्यवस्था पनि बहुदलीय प्रतिस्पर्धामा आधारित हुन्छ भने नीति पास गरेको थियो ।  

एमालेले माक्सवाद, लेलिनवादलाई दर्शन सिद्धान्तको रुपमा सो महाधिवेशनले पास गरेको भन्दै सचिव भट्टराईले पञ्चायती व्यवस्थाको अन्त्यका लागि संयुक्त मोर्चा बनाएर जानुपर्ने निर्णय पनि गरिएको थियो । संयुक्त मोर्चाका कारण पञ्चायती व्यवस्थाको अन्त्य भएकाले अमवास एमालेका लागि ऐतिहासिक ठाउँ रहेको उनले बताए । 

कम्युनिष्ट आन्दोलनको ७५ वर्ष पुगेको उपलक्ष्यमा चौथो महाधिवेशनमा सहयोग गर्ने स्थानीयलाई सचिवालयको बैठकले सम्मान गर्ने उनले बताए । सो ठाउँमा मदन भण्डारी नामको एउटा स्कुल समेत रहेको छ ।

जसका लागि १८ कट्टा जमिन पनि पार्टीले खरिद गरेको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप