आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
समाचार

एमाले नेता चढेको बुद्ध एयरको जहाज काठमाडौँ फिर्ता

बुधबार, १३ भदौ २०८०, ०९ : ४४
बुधबार, १३ भदौ २०८०

काठमाडौँ । नेकपा एमालेका शीर्ष नेताहरू सवार बुद्ध एयरको जहाज जनकपुर विमानस्थल नजिकै पुगेर पुन काठमाडौँ फिर्ता भएको छ । जहाजमा प्राविधिक समस्या आएकाले सो जहाज पुन काठमाडौँ अवतरण भएको हो । 

सचिवालय बैठकमा सहभागी हुन एमाले नेताहरू जनकपुर हुँदै सिराहा जान लागेका थिए । जहाजमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू सुवास नेम्वाङ, विष्णु पौडेल, अष्टलक्ष्मी शाक्य,  उपमहासचिव विष्णु रिमाल, अमृत बोहरा लगायतका नेता जनकपुर जान लागेका थिए । 

‘जनकपुर नजिकै पुगेर पनि अकासबाटै जहाज फिर्ता भएर काठमाडौँ फर्कियो । प्राविधिक समस्या भएको भनेर जानकारी गराइयो’, नेता नेम्वाङले भने, ‘काठमाडौँबाट अर्को जहाज चढेर पुन जनकपुर जाने तयारीमा छौ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप