आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

मणिपुरमा पुनः भड्कियो हिंसा, गोली लागेर दुई जनाको मृत्यु

बुधबार, १३ भदौ २०८०, ११ : २१
बुधबार, १३ भदौ २०८०

मणिपुरको कुकी–जोमी बाहुल्य चुराचान्दपुर र मैतेई बहुल विष्णुपुर जिल्लाको सिमानामा मङ्गलवार फेरि दोहोरो फायरिङमा दुई जनाको मृत्यु भएको छ ।

यी सिमाना जिल्लाको खोइरेन्टेक क्षेत्रमा गोली हानाहान भयो, जसका कारण अरू धेरै मानिस पनि घाइते भएका छन् ।

गोलीबारीको घटना भएको दिन मङ्गलवार मणिपुर विधानसभाको एक दिने अधिवेशन बोलाइएको थियो । केही मिनेटपछि नै बैठक अनिश्चितकालका लागि स्थगित भएको थियो ।

प्रहरीका अनुसार बिहान साढे ६ बजेबाट सुरु भएको गोलीकारी राति अबेरसम्म जारी रह्यो । घटनामा ज्यान गुमाएका मध्ये एकको पहिचान जांगमिनलुन गंगटेको रूपमा गरिएको छ । 

 गंगटे गाउँका सुरक्षा गार्ड थिए ।

राज्यमा यस्तो खालको हिंसा ११ दिनपछि भएको छ जसमा कसैको ज्यान गएको छ । यसअघि १८ अगस्टमा उखरुल थाना क्षेत्रमा तीनजना मारिएका थिए । 

इन्डिजिनस ट्राइबल लिडर्स फोरमका अनुसार गंगटेको मृत्यु बिहान १० बजे आसपास भयो । खोइरेन्टेक वरिपरि कुकी–जोमी गाउँमा भएको हमलामा उनको मृत्यु भएको हो । 

यद्यपि चुराचान्दपुर प्रहरीले उनको मृत्यु गोली लागेर वा विस्फोटबाट भएको हो भनी मङ्गलवार रातिसम्म खुल्न नसकेको जनाएको छ ।

गोलीबारीको यो घटनापछि इलाकामा तैनाथ केन्द्रीय सुरक्षाबल र सेनाले अभियान चलाएको छ । हमलामा समावेश भएको आशङ्कामा एक व्यक्तिलाई पक्राउ गरिएको छ । 

मणिपुरमा ३ मे देखि सुरु भएको जातीय हिंसापछि चुराचान्दपुर–विष्णुपुर सीमामा लगातार झडप र हिंसा देखिएको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप