गोपाल तिमल्सिनाको गाईजात्रे झटारो ‘के हुन्छ, के हुन्छ’ सार्वजनिक
बुधबार, १३ भदौ २०८०, १४ : १६
काठमाडौँ । लोक गायक तथा कलाकार गोपाल तिमल्सिनाले यो वर्षका लागि गाईजात्रा कोसेली ‘गाईजात्रा के हुन्छ, के हुन्छ २०८०’ ल्याएका छन् ।
देशभर घटेका बिभिन्न घटना, राजनीतिक घटना र समसामयिक विषय व्यङ्ग्यात्मक तरिकाले कोसेलीमा प्रस्तुत गरिएको छ । तीन करोड नेपालीको यथार्थ व्यङ्ग्यमा आफूले उतार्ने प्रयास गरेको तिमल्सिनालले बताए ।
तिमल्सिनाले गत वर्ष गाईजात्रामा ‘खै के खै के ’ ल्याएका थिए । लामो समयदेखि कलाकारिता गर्दै आएका तिमल्सिना काभ्रेपलान्चोक निवासी हुन् ।