आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

चीनको नक्साप्रति भारतको विरोध

बुधबार, १३ भदौ २०८०, १५ : ३२
बुधबार, १३ भदौ २०८०

नयाँ दिल्ली । चीनले जारी गरेको नयाँ नक्सामा भारतको अरुणाचल प्रदेश, अक्साई चीन र भारतका कयौँ क्षेत्र आफ्नो सीमामा देखाएपछि भारतले विरोध जनाएको छ ।  भारतीय विदेशमन्त्री एस जयशंकरले भारतले नक्साबारे चीनको ‘बेतुकको दाबी’ माथि कडा विरोध जनाएको बताएका हुन् ।

भारतको विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले पत्रकारको प्रश्नमा एक बयान पनि जारी गरेका छन् । 

बयानमा भनिएको छ, ‘चीनको तथाकथित २०२३ को ‘स्ट्यान्डर्ड म्याप’ मा भारतको क्षेत्रमाथि दाबी गरिएको छ, त्यसमाथि हामीले कूटनीतिक च्यानलमार्फत कडा विरोध जनाएका छौँ ।’

‘हामी यस्तो आधारहीन दाबीलाई खारेज गर्छौँ । चिनियाँ पक्षको तर्फबाट यस्तो कदमले सीमाको समस्यालाई सुल्झाउनुको साटो थप अल्झाउनेछ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप