आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सूर्य नजिक जानु अघि कस्तो छ तयारी ? इसरोले जारी गर्‍यो आदित्य एल–१  काे तस्बिर

बुधबार, १३ भदौ २०८०, १६ : ०५
बुधबार, १३ भदौ २०८०

चन्द्रमामा चन्द्रयान–३ को सफलतापूर्वक अवतरणपछि इसरो अब सूर्यमा आफ्नो यान पठाउने तयारीमा छ ।  आउँदा सेप्टेम्बर २ मा आदित्य एल–१ प्रक्षेपण गरिनेछ ।

आदित्य एल –१ सूर्यको अध्ययन गर्ने पहिलो अन्तरिक्ष आधारित भारतीय मिसन हुनेछ । अन्तरिक्षयानलाई पृथ्वीबाट करिब १५ लाख किलोमिटर टाढा रहेको सूर्य–पृथ्वी प्रणालीको  लेन्ग्रेज बिन्दु १ (एल१) को चारैतिर एक प्रभामण्डल कक्षामा पठाइनेछ । 

aaditya 1अन्तरिक्षयानले फोटोस्फियर, क्रोमोस्फियर र सूर्यको सबैभन्दा बाहिरी तहको अध्ययन गर्ने सात पेलोडहरू लिएर जानेछ ।

अहिलेसम्म अमेरिकी अन्तरिक्ष एजेन्सी नासा, युरोपेली अन्तरिक्ष एजेन्सी र जर्मन एरोस्पेस सेन्टरले मात्र सूर्यको अध्ययनका लागि छुट्टाछुट्टै र संयुक्त अन्तरिक्ष मिसन पठाएका छन् ।

aaditya2इसरोले बुधवार सोसल मिडियामा यो मिसनसँग सम्बन्धित तस्बिर साझा गरेको छ । इसरोले रिहर्सल भइसकेको र ह्विकलको अनुसन्धान पनि पुरा भएको बताएको छ । 

हेर्नुहोस् तस्बिर

aaditya3

aaditya4

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप