आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

रास्वापाका नेताहरु नेपाल र पाकिस्तानबीचको खेल सामूहिक रुपमा हेर्दै

बुधबार, १३ भदौ २०८०, १७ : ०६
बुधबार, १३ भदौ २०८०

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता कार्यकर्ताहरुले एशिया कप क्रिकेट अन्तर्गत नेपाल र पाकिस्तानबीचको खेल सामूहिक रुपमा हेरिरहेका छन् ।

बनस्थलीस्थित पार्टी कार्यालयमा केन्द्रीय समिति सदस्य, सांसद, पार्टी सदस्यहरू एवं केन्द्रीय कार्यालयका कर्मचारीहरूले नेपाल र पाकिस्तानबीच खेल हेरिरहेको जनाएको छ ।

रास्वपा महासचिव मुकुल ढकाल, सांसद सुमना श्रेष्ठ, तोसिमा कार्की, गणेश पराजुली लगायत नेताहरु सामूहिक रुपमा खेल हेरिरहेको तस्बिर रास्वपाले सार्वजनिक गरेको छ । पार्टी सभापति रवि लामिछाने भने तस्बिरमा देखिएका छैनन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप