आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

तस्करले सुन गाल्न प्रयोग गर्ने अत्याधुनिक दुई वटा मेसिन बरामद

बुधबार, १३ भदौ २०८०, १८ : ०२
बुधबार, १३ भदौ २०८०

काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले राजधानीको विभिन्न स्थानमा छापा मारेर अवैध रुपमा काठमाडौँमा भित्रने सुन गाल्न प्रयोग हुने दुई वटा अत्याधुनिक मेसिन बरामद गरेको छ । 

सुन तस्करहरुले ती मेसिनको प्रयोग गरेर सुन गाल्ने गरेको सूचनाका आधारमा छापा मारिएको सीआईबी स्रोतको भनाइ छ । 

सीआईबीले पछिल्लो समय भेपमा सुन तस्करी र ६० किलो सुन तस्करीमा छुट्टाछुट्टै अनुसन्धान गरिरहेको छ।  आजमात्रै प्रहरीले पेपमा सुन तस्करी आरोपमा  नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्ण बहादुर महरापुत्र राहुललाई पक्राउ गरेको छ । 

यस्तै ६० किलो सुन तस्करी प्रकरणमा पनि थप दुई जनालाई पक्राउ गरेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप