एसिया कप
नेपाललाई सुरुवातमा नै दुई झट्का
बुधबार, १३ भदौ २०८०, १९ : ४५
काठमाडौँ । नेपालले एसिया कपमा पाकिस्तानविरुद्ध खराब सुरुवात गरेको छ । नेपालले पहिलो ओभरमा नै दुई विकेट गुमाएको हो ।
दुवै विकेट शाहिन शाह अफ्रिदीले लिएका हुन् । कुशल भुर्तेल ८ रन बनाएर मोहम्मद रिजवानबाट क्याच आउट भए भने कप्तान रोहित पौडेल पहिलो बलमा नै एलबीडब्लू आउट भए ।
यसअघि कप्तान बाबर आजमको शानदार शतकको मद्दतले पाकिस्तानले नेपालसामु ३ सय ४३ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ । मुल्तानमा भएको खेलमा पाकिस्तानले ६ विकेटको क्षतिमा ३ सय ४२ रन बनाएको हो ।