आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सरकारले उद्योगी व्यवसायीलाई अपराधीजस्तो व्यवहार गर्न हुँदैन : सभापति लामिछाने

बुधबार, १३ भदौ २०८०, २० : ०४
बुधबार, १३ भदौ २०८०

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा सांसद रवि लामिछानेले उद्योग व्यवसाय गरेर पैसा कमाउनेलाई सरकारले अपराधीजस्तो व्यवहार गर्न नहुने बताएका छन् । बुधवार काठमाडौँमा आयोजना भएको निजी क्षेत्रको आवाज विषयक वृहत् छलफल कार्यक्रममा बोल्दै सभापति लामिछानेले राज्यले मुलुकभित्रै निजी क्षेत्रलाई व्यावसायिक वातावरण भए मात्र देश समृद्ध हुने बताएका हुन् । 

उनले सरकारले व्यवसायीलाई व्यावसायिक वातावरण बनाउनुपर्ने भए पनि निरुत्साहित बनाइ रहेको जिकिर गरे। उनले व्यवसायीलाई अपमान भन्दा पनि लगानी गर्न प्रोत्साहन गर्नुपर्ने बताए । उनले भने, ‘कुनै पनि व्यापार व्यवसाय र व्यापारी व्यवसायीहरूको संरक्षण कुनै पनि राजनीतिक दलको नेताले गर्ने होइन । नीतिले गर्ने हो । नीतिले संरक्षण गर्‍यो भने निजी क्षेत्र समृद्ध हुन्छ । नेताले गरेको संरक्षण यस्तै हुन्छ । निजी क्षेत्रसँग सहकार्य गर्न स्वतन्त्र पार्टी तयार छ । पार्टीमा सदस्य बन्न र चन्द्रा आतङ्कको मारमा कहिल्यै पनि बाध्य पारिने छैन । अब देशमा अर्थतन्त्र भन्दा बाहेकका कुरा गरेर हुनेवाला केही छैन । अर्थतन्त्र माथि उकास्ने भन्दा बाहेकका कुरा गर्नु बेकार हो । निजी क्षेत्रलाई दुरुत्साहित गर्ने अपमानित गर्ने जुन कुराहरू भइरहेका छन् । त्यसको हामी भर्त्सना गर्छौँ ।’

उनले वैदेशिक लगानी भित्र्याउन नीति नियममा परिवर्तन गर्न आवश्यक रहेको बताए । लामिछानेले पछिल्लो समय मारवाडी व्यावसायिक समूहलाई लिएर अपमान जनक टिप्पणीहरू भएको भन्दै त्यस्तो नगर्न आग्रह गरे । ‘पछिल्लो समय मारवाडी व्यावसायिक समूहलाई लिएर अपमान जनक टिप्पणीहरू भएका छन् । जुनसुकै समुदायको मानिस होस् । गलत गरेर राज्यको नीति नियम भन्दा बाहिर गएको भए कारबाही गरोस् । संविधानले नगर भनेको कुरालाई लिएर व्यवसायीहरूलाई अपमानित गर्ने, उनीहरूलाई निरुत्साहित गर्ने काम नगर्न आग्रह गर्दछु । व्यापार व्यवसाय गरेर पैसा कमाउनु अपराध हैन । कसैले अपराधीको जस्तो व्यवहार गर्नुहुँदैन । अर्बौँ लगानी गरेर रोजगारी सिर्जना गर्नेदेखि राज्यलाई कर तिर्नेसम्मको काम व्यवसायीले गरेका छन् । उहाँहरूका चुनौती धेरै छन्,’ उनले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप