छैटौं विकेटका रुपमा दीपेन्द्र पेभेलियन फर्किए
बुधबार, १३ भदौ २०८०, २१ : २५
काठमाडौँ । एसिया कप क्रिकेटको उद्घाटन खेलमा पाकिस्तानले दिएको तीन सय ४३ रनको विशाल लक्ष्य पछ्याएको नेपालले छैटौं विकेट गुमाएको छ । छैटौं विकेटका रुपमा दीपेन्द्रसिंह ऐरी तीन रन बनाउँदै आउट भए । उनलाई पाकिस्तानी बलर मोहम्मद नवाजले बोल्ड गरेका हुन् । नेपालले २०.५ ओभरमा ६ विकेट गुमाएर ९० रन बनाएको छ ।