आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

पुनरागमन गर्दै चेल्सी काराबाओ कपको अर्को चरणमा

बिहीबार, १४ भदौ २०८०, ११ : १३
बिहीबार, १४ भदौ २०८०

लण्डन । लिग टू टोली एएफसी विम्बेल्डनविरुद्ध पुनरागमन गर्दै चेल्सी काराबाओ कपको अर्को चरणमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा चेल्सी २–१ गोलले विजयी भएको हो ।

स्टामफोर्ड ब्रिजमा पाहुना टोलीले खेलको १९ औँ मिनेटमा नै अग्रता लिएको थियो ।  चेल्सीका गोलकिपर रोबर्ट सान्चेजले फल हानेपछि पाएको पेनाल्टीलाई जेम्स टिलेले सजिलै गोलमा परिणत गरेका थिए ।

तर, पहिलो हाफको इन्जुरी समयमा चेल्सीले पनि पेनाल्टी पायो जसमा नोनी माडुएकेले गोल गर्दै खेल बराबरी गरे । दोस्रो हाफमा एन्जो फर्नान्डेजले गोल गर्दै चेल्सीको पुनरागमन पूरा गरे । अन्य खेलमा ब्ल्याकबर्न, बर्नली, लिंकन सिटी र एभर्टनले जीत हासिल गर्दै प्रतियोगिताको अर्को चरणमा प्रवेश गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप