आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

दक्षिण अफ्रिका : पाँच तले भवनमा आगलागी हुँदा कम्तीमा ६३ जनाको मृत्यु

बिहीबार, १४ भदौ २०८०, १२ : ४४
बिहीबार, १४ भदौ २०८०

जोहानसबर्ग । दक्षिण अफ्रिकाको जोहानसगर्बको सेन्ट्रल बिजेनस डिस्ट्रिक्टस्थित एक पाँच तल्ले भवनमा आगलागी हुँदा कम्तीमा ६३ जनाको मृत्यु भएको छ । जोहानसबर्ग आपत्कालीन व्यवस्थापन सेवाले यो जानकारी दिएको हो ।

दक्षिण अफ्रिकाको आर्थिक हब मानिएको क्षेत्रको अविकसित भागमा यो भवन रहेको र यहाँ अनौपचारिक वासस्थानका लागि प्रयोग गरिने गरिएको आपत्कालीन सेवाका प्रवक्ता रोबर्ट मुलाउड्जीले जानकारी दिए । उनले उद्धार कार्य जारी रहेको बताएका छन् ।

घटनामा ४० जनाभन्दा बढी घाइते भएका छन् । के कारणले आगलागी भयो भन्ने अझै खुल्न सकेको छैन । –बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप